बाँके असोज १६ गते ।
राष्ट्रिय युवा संघ नेपाल बाँकेको ईन्चार्ज र सह-ईन्चार्जको टुङ्गो लागेको छ । युवा संघ बाँकेको इञ्चार्जको जिम्मेवारी सुरज जागाले पाएका छन । त्यसैगरी सह-ईन्चार्जमा खेमराज शर्मालाई छनौट गरीएको छ ।
माओवादी केन्द्र र नेकपा एमालेको एकिकरण पछि गठन गरीएको युवा संघ नेपाल बाँकेले पहिलो पटक नेतृत्वको टुङ्गो लगाएको हो । तत्कालिन माओवादी केन्द्रको भातृ संगठन वाईसिएल बाँकेको नेतृत्वमा रहेका जागालाई राष्ट्रिय युवा संघ बाँकेको ईन्चार्ज तोकिएको हो ।
Discussion about this post