खोजखबर संवाददाता
काठमाडौं भदौ १९ गते । समाजवादी पार्टीको भातृ संगठन समाजवादी युवा संघको केन्द्रीय पदाधिकारीहरूको पहिलो बैठक सम्पन्न भएको छ ।
संघका अध्यक्ष तथा प्रदेश २ का कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्र राय यादवको अध्यक्षतामा उक्त बैठक भएको हो।
बैठकमा समाजवादी युवा संघको प्याक्सन इन्चार्ज देवी सुवेदी प्रमुख अतिथि र समाजवादी पार्टीका केन्द्रीय सदस्य फिरोज मंसूर विशिष्ट आतिथी हुनुहुन्थ्यो। बैठकबाट प्रदेश संगठनको समायोजन कार्यविधि, कार्यदल निर्माण तथा कार्य विभाजनको विषयमा निर्णय गरेका छन ।
समाजवादी युवा संघ, प्रदेश समायोजन कार्य दलमा प्रदेश १ मा हेमन्त राइको नेतृत्वमा शिवराम यादव, रंजीत गोस्वामी, समीर नाचिरिग, मनकला लिम्बू, मनोज पौडेललाई राखिएको छ।
यसैगरी प्रदेश २ मा सजीव यादवको नेतृतवमा दिनेश पटेल, दीपक महतो, मुकेश कुशवाह, अतेश सिंह यादव रहेका छन् ।
सोही प्रकारले प्रदेश ३ मा निरज प्रधानको नेतृत्वमा श्याम शिल्पकार, सुनील लामा, मेघराज तामाङ , मंजू तामाङ, र सिरजन श्रेष्ठलाई राखिएको छ ।
प्रदेश ४ मा परशुराम पोखरेलको नेतृत्वमा वासु भट्ट, रामेश्वर पराजुली, जुनू पुन, शेरमान गुरुङलाई राखिएको छ।
सोही प्रकारले प्रदेश ५ मा असलम खानको नेतृत्वमा राजेन्द्र जी सी, ऋषि पाठक, चन्दन चौधरी, सनोज यादव, मोहमद इरफान रहेका छन्।
प्रदेश ६ मा दानबहादुर शाहीको नेतृत्वमा टेक प्रसाद भट्टराई, गणेश वाठा मगर, नवीन शाही, टिकाराम शाहीलाई राखिएको छ।
प्रदेश ७ मा रमेश थापा मगरको नेतृत्वमा श्याम सिनाल, वसंत विश्वकर्मा, करण साउद, सोनिया राणा, डम्बर ऐयर, पुष्मा जोगी, दीपकराज वरल, सुनीता चौधरीलाई जिम्मेवारी दिइएको छ। बैठकमा ४५ सदस्यीय सचिवालय गठन गर्ने र विधान मस्यौदा समितिमा जितेन्द्रसिंह महरा, टंक सिलिग, रंजीत गोस्वामीलाई मनोनयन गरिएको छ। संगठनको विस्तारका लागि अभियान चलाएर देशभरबाट ५० हजार युवालाई सदस्य बनाउने लक्ष्य राखिएको छ। यसका साथै संगठनको वेब साइट बनाएर काठमाडौंमा केन्द्रीय कार्यालय खोल्ने समेत निर्णय गरिएको छ।
Discussion about this post