रुपन्देही असोज १८ गते।
बुटवललाई नै स्थायी राजधानी कायम गर्नु पर्ने माग राख्दै चरणवद्ध आन्दोलनमा रहेका यस क्षेत्रका संघ–संस्थाहरुले भोलि सोमबार साविक लुम्बिनी अञ्चल बन्दको आह्वान गरेको छ । बुटवलमा व्यवसायीक संघ संस्थाको संयुक्त संस्था सञ्जाल रुपन्देहीले राजधानी सार्ने प्रस्तावको विरोध गर्दै सोमबार विहान ९ बजेदेखि लुम्बिनी बन्दको आह्वान गरेका हो ।बुटवलको पुष्पलालपार्कमा भेला भई प्रदेशसभा सचिवालय घेराउ गर्ने कार्यक्रम रहेको संघर्ष समितिका संयोजक खेमबहादुर हमालले जानकारी दिनुभयो ।
विरोध कार्यक्रम अन्तरगत प्रधानमन्त्री तथा मुख्य मन्त्रीलाई ज्ञापन पत्र दिनुका साथै सडकमा प्रदर्शन गर्ने कार्यक्रमहरु तय गरिएको हमालले बताउनभयो ।यसै बीच बुटवलमा स्थायी राजधानीको माग गर्दै सडकमा प्रदर्शन हुन थालेपछि प्रशासनले बुटवलका विभिन्न ठाउँमा निषेधाज्ञा जारी गरेको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय, प्रदेशसभा भवन तथा प्रदेशसभा सचिवालय र विभिन्न मन्त्रालयहरुको क्षत्रहरुमा निषेधाज्ञा जारी गरिएको हो ।प्रदेश ५ को प्रदेशसभामा प्रदेशको नाम लुम्बिनी र स्थायी राजधानी दाङ हुनेगरी शुक्रबार प्रस्ताव पेश भएलगत्तै बुटवलको सुरक्षा व्यवस्था कडा बनाइएको छ ।
सरकारले यस क्षेत्रका मूख्य सडक, विभिन्न चोक तथा सरकारी कार्यालय क्षेत्रहरुमा ठूलो संख्यामा सुरक्षा परिचालन गरेको छ ।यसैबीच नेपाली काँग्रेस रुपन्देहीले निषेधाज्ञा तोड्दै आइतबार बुटवलमा विरोध प्रदर्शन गरेको छ । स्थायी राजधानी बुटवललाई नै कायम गर्नु पर्ने माग राख्दै काँग्रेसका नेता कार्यकर्ताहरुले सडकमा टायर बाल्नुका साथै रुन्देही बन्द आह्वान गरेका छन् ।
Discussion about this post