बाँके असोज २० गते ।
कोरोना महामारीको कारण चैत देखि बन्द रहेको शैक्षिक संस्थाहरु पुनः मंगलबारदेखि सञ्चालनमा आएका छन् । जनकपुरधाम उपमहानगरपालिकाले स्वास्थ्य सुरक्षा मापदण्ड पुरा गरी नगरक्षेत्रमा रहेको स्कुलहरु सञ्चालनमा ल्याएने निर्णय गरेको छ।
कोरोना संक्रमणका कारण अवरुद्ध रहेको विद्यालयहरुको नियमित पठनपाठन सुचारु गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको निर्णय अनुसार स्वीकृत विद्यार्थीलाई सहजीकरण निर्देशिका २०७७ को व्यवस्था बमोजिम जनकपुरधाम उपमहानगरपालिकाले स्वास्थ्य सुरक्षा मापदण्ड पूरा गरेर विद्यालय सञ्चालन गर्न लागेको छ।
संघीय सरकारले तोकेको मापदण्ड तथा निर्देशिकाको शर्तहरू पालना गर्ने शर्तमा ६ देखि १२ कक्षासम्मका विद्यालयमा मंगलवारदेखि पठनपाठन सञ्चालन गर्ने निर्णय गरिएको उपप्रमुख रिता कुमारी मिश्रले जानकारी दिइन्।
Discussion about this post