बाँके असोज २० गते ।
प्रदेश ५ को राजधानी र नामाङ्कन टुंगो लागेको खुशियालीमा आज कोहलपुरमा दिप प्रज्वलन गरीएको छ । नेपाल कम्युनिष्ट पार्टी नेकपा कोहलपुर नगर कमिटीको आयोजनामा बेलुका ६ बजे दिप प्रज्वल गरीएको नगर अध्यक्ष बसन्ती अधिकारीले जानकारी दिईन ।
लोकतान्त्रिक प्रक्रियाबाट प्रदेशको नामाकरण तथा राजधानी टुङ्ग्याउन सफल भएकोमा प्रदेश सरकार, माननीय मुख्यमन्त्री शंकर पोख्ररेल, प्रदेश सभा एवं सभामुख पूर्ण घर्ती, प्रदेश सभाका सदस्यहरुलाई धन्यवाद दिदैं दिप प्रज्वलन गरीएको अध्यक्ष अधिकारीले जानकारी दिईन ।
Discussion about this post