बाँके असोज २३ गते ।
बाँके जिल्लामा उपचारको क्रममा भेरी अस्पताल नेपालगन्जमा कोभिड १९ सन्क्रमित थप १ जनाको उपचारको क्रममा मृत्यु भएको छ। मृतक नेपालगन्ज उपमहानगरपालिका १ धम्बोजी निवासी ८५ बर्षिय पुरुष हुनुहुन्छ। यश भन्दा अघि बाँके जिल्लामा २२ जनाको मृत्यु भैइसकेको छ । यश सङ्गै बन्की जिल्लामा उपचारको क्रममा कोभिड १९ को संक्रमण बाट मृत्यु हुनेको संख्या २३ पुगेको छ।
८५ बर्षिय पुरुषको स्वास्थमा समस्या आएपछि नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा लगिएको र तहा आइसियु बेड नभएकोले भेरी अस्पताल प्री आइसोलेसनमा २१ गते साझ कोभिड १९ को आशंकामा भर्ना गरिएको हो । भेरी अस्पताल नेपालगन्जमा उपचारका क्रममा २२ गते राती उनको मृत्यु भएको हो उक्त पुरुषमा श्वासप्रश्वासको समस्या भएको जनस्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिएका छन् ।
Discussion about this post