कैलाली असोज २३ गते ।
नेपाली काग्रेस निकट नेपाल बिधार्थी संघले कैलालीको गोदावरी नगरपालिका वडा नम्वर ५ मा निर्माणाधिन गेटा मेडिकल कलेज सञ्चालनको माग गर्दै प्रदर्शन गरेका हुन् । कलेज र अस्पताल संचालनको स्वीकृती दिनुपर्ने माग राख्दै नेविसंघले बिहीबार दिउँसो मेडिकल कलेज अगाडी एक घण्टा चक्काजाम गर्दै प्रर्दशन गरेको हो।
अत्तरिया बजारवाट र्यालीसहित मेडिकल कलेज अगाडि पुगेका नेविसंघका नेता कार्यकर्ताहरुले सरकारी ढुकुटीको पौने चार अर्ब रकम खर्च भइईसकेको बताउँदै मेडिकल कलेज सञ्चालनका लागि प्रक्रिया अगाडि बढ्नुपर्ने माग राखेका छन्।
नेविसंघका युवा नेता जगत महराले मेडिकल कलेजको निर्माण अन्तिम चरणमा पुगेको बताउँदै संचालनबारे कुनै निर्णय नहुनु दुखद रहेको बताए। कार्यक्रममा काग्रेस नेता पदमराज भट्ट, तरुण दलका गोदावरी नगर सभापति शंकर खड्का र नेविसंघ दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका पूर्व ईकाइ सभापति पदमराज ओझाले मन्तब्य राखेका थिए।
Discussion about this post