बाँके असोज २५ गते ।
बाँकेमा विभिन्न पार्टीका नेता तथा कार्यकर्ता जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन् । उनीहरुलाई पूर्वमन्त्री मोहम्मद इस्तियाक राइले पार्टी प्रवेश गराउनुभएको हो ।
यसरी पार्टी प्रवेश गर्नेहरुमा राप्रपा नेपालको आदीवासी जनजाती बिभागका केन्द्रीय सदस्य दिपाराना मगर , पुर्व माओवादी नेपालगन्ज उपमहानगरपालिका वडा ९ का बुथ कमिटी अध्यक्ष भुपाल सिंह खडका ,पशुपति मंदिर ब्यवस्थापन समितिका अध्यक्ष रामप्रसाद पुडासैनी , राजेन्द्र आले ,हेमलता गुरूङ ,आलोक पाण्डे ,श्याम बुढा सुषमा अधिकारी ,भबिसरा घर्ती ,कबिता ,राना मगर सर्मिला आचार्य लगाएत २७ जना विभिन्न पार्टीका नेताहरू रहेका छन् ।
तत्कालीन समाजवादी पार्टीका जिल्ला उपाध्यक्ष राजन राना मगर एवम जसपाका नेता सकिल ढपालीको नेतृत्वमा पार्टी प्रवेश कार्यक्रमका प्रमुख अतिथि जसपाका केन्द्रीय कार्यकाणी सदस्य एवम् पुर्व शहरि बिकास मन्त्री इस्तियाक राई रहनुभएको थियो । तत्कालीन समाजवादी पार्टीका जिल्ला अध्यक्ष कमरूदिन राईले अव बाँकेमा जसपा एक नम्वर पार्टी बन्ने धारणा व्यक्त गर्नुभयो ।
Discussion about this post