बाँके असोज २७ गते ।
जनता आवास कार्यक्रम अन्तर्गत बाँकेमा विपन्न तथा गरिव नागरिकहरुलाई घर निर्माणलाई तीब्रता दिइएको छ । बाँके क्षेत्र नम्वर २ का संघीय सांसद तथा पूर्व सहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईको संयोजकत्वमा बसेको बैठकले आफ्नो निर्वाचन क्षेत्रमा सुरक्षित नागरिक आवास निर्माण गरिएको हो ।
२०७१ सालमा गएको बाढीका कारण घरबारविहीन भएका नागरिकहरुलाई ८ सय ८० वटा घर निर्माण गरिएको हो । त्यसैगरी अति विपन्न तथा गरिव ७ सय ६३ वटा घर निर्माण गरिएको पूर्वमन्त्री राईले बताउनुभयो ।
सोही कार्यक्रम अन्तर्गत डुडुवा गाउँपालिकाको ६ ओटा वडामा ३ सय ९९ र बाढी प्रभावितहरुका लागि ८०२ ओटा र नेपालगंज उपमहानगरपालिकाको १ देखि २३ नम्वर वडामा ३ सय ६४ र बाढी प्रभावितका लागि ७८ ओटा आवास रहेको पूर्वमन्त्री राइले बताउनुभयो ।
Discussion about this post