बाँके असोज २८ गते ।
कोरोना संक्रमण दर वृद्धि हुनथालेपछी नगरपालिका सिल भएको छ । कोहलपुर नगर कार्यपालिकाले बुधबार एक सुचना जारी गर्दै असोज २८ गते देखि कार्तिक ६ गते सम्मका लागि नगरपालिका सिल गर्ने निर्णय गरेको छ ।
नगरपालिकाले जारी गरेको गरेको सुचना अनुसार कोभिड संक्रमण दिनप्रतिदिन बढी रहेको र कार्यालयका केही कर्मचारीलाई समेत कोरोना संक्रमण देखिएकोले कर्मचारी तथा सेवाग्राहीको स्वास्थ्यलाई मध्यनजर गर्दै संक्रमण फैलिन नदिन अत्यावश्यक सेवा बाहेक कोहलपुर नगरपालिका, नगर कार्यपालिका, सम्पुर्ण वडा कार्यालय र विषयगत शाखाहरु शिल गरिएको जनाएको छ ।
Discussion about this post