स्मृति देवकोटा
बाँके असोज ३० गते ।
मानवअधिकार सहायताकक्षले दुई जना पीडित महिलाहरूलाई सहयोग गरेको छ । द्वन्द्व पीडित नेपालगञ्जउपमनपा–४ नमस्तेटोलकी५१वर्षीयाकमलापन्तकँुवरर घरेलुहिंसा पीडित बैजनाथगाउँपालिका– ८ की ३२ वर्षीया बबितालोहारलाई डिसिएको आर्थिक सहयोगमा सहायताकक्षका सदस्यएवं उच्चअदालतबार एशोसिएशनकाअध्यक्षविकास अचार्यले असोज ३०गते सहयोग रकम हस्तान्तरण गरेको हो ।
मानवअधिकार सहायताकक्षले पीडितकोउपचार र न्यायिकप्रक्रियामासहयोग पुगोस भन्ने उद्देश्यले सहयोग प्रदान गरिएको इन्सेक लुम्बिनीप्रदेश प्रमुखभोलामहतले बताउनु भयो ।
द्वन्द्व पीडित कमलापन्तकुवँरलाई सहयोग गर्नलाई एडभोकेसी फोरमकाबसन्तगौतमले घरेलु हिंसा पीडितलाई सहयोगकालागिउच्चअदालतबार एशोसिएशनकाअध्यक्षबिकास आचार्यले सिफारिस गर्नु भएको थियो । असोज १२ गते बसेको मानवअधिकार सहायताकक्षको बैठकले दुबै जनालाई सहयोग गर्ने निर्णय गरेको थियो ।
चार वर्षदेखि क्यान्सरको बिरामीरहनु भएको कुँवरले सहयोगले उपचारमा मद्दत पुग्ने बताउनु भयो । यसैगरी घरेलु हिंसा पीडित बबितालोहारले सहयोगले कानुनीप्रक्रियामा सहयोग पुग्ने बताउनु भयो । सहयताकक्षले यस अघि प्रहरी हिरासतमायातानापाएका कोहलपुर नपा– १५ दिपकयादवलाई सहयोग गरेको थियो ।
डिसिएको सहयोगमा स्थापना गरिएको मानवअधिकार सहायताकक्षको सचिवालय इन्सेक, नेपालगञ्जमा रहेको छ ।सहयताकक्षले जनही १० हजार रुपियाँ सहयोग गरेको इन्सेक लुम्बिनीप्रदेशकाप्रलेख अधिकृत विनो पाण्डेले बताउनु भयो ।
स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
Discussion about this post