बाँके कार्तिक २ गते ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १, धम्बोझीस्थित वाटरपार्क तलाउमा डुबेर आइतबार एक बालकको ज्यान गएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर ११ का अन्दाजी १० बर्षिय बालक फरमाद खानको उक्त तलाउमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको लुम्बिनी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
आइतबार दिउँसो १ बजेको समयमा एक बालक पौडी खेल्ने क्रममा उक्त तलाउमा डुबेर बेपत्ता भएको जानकारी प्राप्त हुनासाथ बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाको कमान्डमा खटिएको प्रहरी टोलीले दिउँसो १ः२० बजे मृत्यु भैसकेको बालकको शवलाई तलाउबाट बाहिर निकालेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयबाट थप अनुसन्धान भैरहेको प्रदेश प्रहरीले जानकारी गराएको छ ।
Discussion about this post