दाङ कार्तिक ४ गते ।
बोयर जातका खसी बाख्रापालनमा दाङका किसानको आकर्षण बढदै गएको छ। स्थानीय जाताका खसी बाख्राभन्दा बोयर जातको धेरै तौल हुने र त्यसबाट धेरै मुनाफा हुने भएकाले पनि बोयर जातका बाख्रा पालनमा आकर्षण बढदै गएको हो।तुलसीपुर ३ डाँडाखुट्टीमा मान बहादुर केसीले बाख्रापालन व्यवसाय गर्न लागेको करिब ४ वर्ष हुन लाग्यो।
१२ वर्षसम्म ३ वटा खाडी मुलकमा बसेर फर्किएका केसीले १५ वटा स्थानीय बाख्रा र साउथ अफ्रिकन बोयर जातको ३ लाखको एउटा बोका किनेर सुरु गरेको उनले बताए।‘१२ वर्ष विदेशमा बिताए। त्यसपछि गाडी किनेर चलाए तर सोचेजस्तो नभएपछि आफूले जाने बुझेको कृषि पेसातिर लागे।
तर परम्परागतभन्दा पनि नयाँ तरिकाले गर्दा राम्रौ हुँदै गएको छ,’ उनले भने। अहिले फर्ममा माउ बाख्रा स्थानीय र बोयर जातका ७० वटा साउथ अफ्रिकन, अस्ट्रेलियन गरी ३ वटा बोयर जातका बोका र अन्य पाठापाठी गरी करिब १ सय ४० वटा छन्। हालसम्म करिब डेढ करोड लगानी भएको र त्योमध्ये करिब ६० लाख रुपैयाँ बैंकबाट ऋण लिएको उनले बताए।
पछिल्लो समय गाउँघरमा स्थानीय बाख्राभन्दा बोयर जातका बाख्राको माग धेरै रहेको उनले बताए।
Discussion about this post