बाँके कार्तिक ४ गते ।
जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यकारिणी समिति बैठकवाट प्रदेश ५ वाट पार्टीको विभिन्न तहको जिम्मेवारी दिइएको छ । प्रदेश ५ को समायोजन कार्यदल र शहरी विकास तथा खानेपानी विभाग प्रमुखमा मोहम्मद ईस्तियाक राईलाई चयन गरिएको छ । राई बाँके २ बाट निर्वाचित संघीय सांसद हुन ।
यस्तै संवैधानिक तथा कानुन विभाग प्रमुखमा नवराज सुवेदी,भौतिक पुर्वाधार तथा यातायात ब्यवस्था विभाग प्रमुखमा सर्वेन्द्रनाथ शुक्ला,आपुर्ति तथा उपभोक्ता हित संरक्षण विभाग प्रमुखमा अकवाल अहमद शाह र संसदीय व्यवस्था विभाग प्रमुखमा अमृता अग्रहरी चयन हुनु भएको छ ।
Discussion about this post