बाँके कार्तिक ८ गते ।
शनिबार बाँकेका थप ४२ जना संक्रमित कोरोना मुक्त भइ डिस्चार्ज भएका छन । जिल्ला कोभिड(१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार शनिबार बाँकेका १७ महिला र २५ पुरुष गरी ४२ जना संक्रमित कोरोना मुक्त भई डिस्चार्ज भएका हुन । उनिहरुलाई असोज २४ गते कोरोना संक्रमण देखिएपछि विभिन्न आइसोलेसनमा राखिएको थियो ।
यो सङ्गै बाँकेमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या २ हजार ३७५ पुगेको छ । विभिन्न आइसोलेसन केन्द्रमा अन्य जिल्लाका १८ सहित ५७६ जना सक्रिय संक्रमित उपचाररत छन् । बाँके जिल्लामा हालसम्म कोरोनाबाट संक्रमितको संख्या २ हजार ९४५ रहेको छ भने ३० जनाको कोरोनाका कारण मृत्यु भईसकेको छ ।
Discussion about this post