साहिल शेष
बाँके कार्तिक १७ गते ।
कोरोना महामारी बढेसँगै सात महिनादेखि बन्द रहेका नेपालसँग भारतीय सीमा खुला गरेको छ । भारतीय सिमासुरक्षाबलले सहजै आवतजावत गर्न दिएको आउने जाने मानिसहरुको मेला लाग्ने गरेको हो ।
बिहारमा भइरहेको चरणबद्ध चुनावका क्रममा भने दुई दिन सिमान बन्द गर्ने गरिएको छ । उता जमुनाहा नाकामा एकाबिहानै भारत नेपाल तर्फ आवतजावत गर्न बाँकेको जमुनाह नाकामा मेला लाग्न गरेको छ ।
भारतको गृह मन्त्रालयले अन्तर्राष्ट्रिय सीमा नाका खुला गर्न औपचारिकरूपमा कार्तिक ६ गते निर्देशन दिएपछि भारतबाट नेपालतर्फ आउनेको भीड रोक्न जमुनाहमा चुनौती बनेको जमुनाहाका इन्चार्ज गिरीले बताए । यसअघि नागरिकता देखाएर नेपालीलाई नेपाल आउन दिने तथा भारतीयलाई आधार कार्ड देखाएर भारत जान दिने व्यवस्थासँगै औषधि उपचार, अन्तिम संस्कार र विवाहका लागि मात्रै दुवै देशका नागरिकलाई आवागमन गर्न दिइएको थियो ।
सीमा खुला गरेसँगै नेपालतर्फ स्वास्थ्य सुरक्षामा चुनौती थपिएको छ । सीमा खुला गरेसँगै नेपालतर्फ आउन खोज्ने भारतीयलाई रोक्न नेपाली सुरक्षाकर्मीलाई चुनौती थपिएको छ ।
लामो समयसम्म सीमानाका बन्द हुँदा पछिल्ला महिना भने दुवैतर्फ विभिन्न सामानहरू तस्करी हुने गरेका छन् ।प्रमुख नाकाहरूमा सुरक्षा कडाइ गरिए पनि चाडपर्वको समयमा सीमावर्ती भारतीय बजारमा नेपालीहरूको किनमेल बाक्लिएको छ । विभिन्न काम लगायत व्यवसायका निम्ति भारतीयहरू पनि लुकीछिपी नेपाल आउने क्रम नरोकिएको स्थानीयको दावी छ । नेपाल सरकारले कात्तिक ३० गतेसम्म अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्ने निर्णय गरेकोमा मङ्सिर १ गतेबाट नाका खोल्नुपर्ने माग दुवैतर्फका जनताको छ ।
कोरोना भाइरसको संक्रमण दर घटेको देखिए पनि भारत विश्वमै सबैभन्दा धेरै मानिस संक्रमित भएको दोस्रो देश हो । यता गृह मन्त्रालयले पनि भारतसँगको सिमाना नाका बन्द रहेकाले नेपाली बाहेक अन्य देशका नागरिक आउन नपाउने जनाएको छ । सरकारले सिमाना अझै बन्द नै राखे पनि जिल्लास्थित विभिन्न नाकाबाट मानिसहरूको ओहोरदोहोर हुने गरेको स्थानीयको भनाइ छ ।नागरिकता देखाएर नेपालीलाई नेपाल आउन दिने तथा भारतीयलाई आधार कार्ड देखाएर भारत जान दिने व्यवस्थासँगै औषधि उपचार, अन्तिम संस्कार र विवाहका लागि मात्रै दुवै देशका नागरिकलाई आवागमन गर्न दिइएको थियो ।
आवत जावत गर्नैपर्ने बाध्यतापूर्ण अवस्थाका मानिसहरूको निम्ति सरकारको मापदण्ड अनुसार प्रक्रियागत सहजिकरण गरिदिने गरेको उहाँले जानकारी दिनुभयो । सिमानामा रहेको इलाका प्रहरी कार्यालय जमुनाहाका इन्चार्ज गिरीका अनुसार अहिले भारतीय सुरक्षा निकायले नाकामा आवतजावत सहज गरेकाले नेपालतर्फको सिमानामा भीड व्यवस्थित गर्न गाह्रो हुँदै गएको बताए । उनले भारतीय सुरक्षाकर्मीले सबैलाई आवागमन गर्न छुट दिएपछि नेपाली सिमानामा भीड थेग्न समस्या बढ्दै गएको बताए ।
Discussion about this post