बाँके कार्तिक १७ गते ।
कोभिड महामारीका कारण थला परेको नेपालको पर्यटन क्षेत्रलाई टेवा पुर्याउने र आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले देशव्यापी साइकल यात्रा सुरु हुने भएको छ ।
विश्व साइकल यात्री पुष्कर शाहको नेतृत्वमा पर्यटन व्यवसायी समेतको टोलीले सोमबारदेखि सुदूरपश्चिमको महेन्द्रनगर हुँदै पूर्वको पशुपतिनगरसम्म यात्रा गर्ने नेपाल पर्यटन बोर्डले जनाएको छ । साइकल यात्राका क्रममा पर्यटन प्रवर्द्धसँगै स्वास्थ्य सचेतना फैलाउने नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख धनञ्जय रेग्मीले जानकारी दिनुभयो ।
साइकल यात्रीलाई सोमबार बिहान काठमाण्डाैबाट बिदाइ गर्ने कार्यक्रम छ । महेन्द्रनगरबाट सुरु हुने साइकलयात्राले ठाकुरद्वारा, नेपालगञ्ज, सुर्खेत, घोराही, तौलिहवा, भैरहवा, बुटवल, तानसेन, पोखरा, नारायणघाट, हेटौंडा, वीरगञ्ज, लालबन्दी, जनकपुर, गाईघाट, धरान, विराटनगर हुँदै काँकडभिट्टासम्म पुगेर आन्तरिक पर्यटन प्रवर्द्धनका लागि बोर्डको सन्देश प्रवाह गर्नेछ ।
Discussion about this post