बाँके कार्तिक २६ गते ।
बाँकेमा तिहारमा देउसी भैलो खेल्न नपाइने भएको छ । जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकको कोरोना महामारीको जोखिम कायमै रहेकाले देउसीभैलो खेल्न रोक लगाउने निर्णय गरेको हो ।
केन्द्रका संयोजक समेत रहनुभएका बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङको सभापतित्वमा भएको सम्बद्ध सरोकारवालाहरुको बैठकले भाइरसको जोखिम कायमै भएकाले भीडभाड हुने खालका कार्यक्रमलाई रोक लगाइएको हो । देउसीभैलो सांस्कृतिक तथा परम्परागत संस्कृति भएपनि परिस्थितिका कारण यसपाली नेखल्न केन्द्रले आग्रह समेत गरेको छ ।
देउसीभैलोमा भीडभाड बढी हुने र त्यसले कोरोनाको जोखिम फैलाउने भएकाले केन्द्रले रोक लगाउने निर्णय गरेको बैठकमा सहभागी नेपालगन्जका उपमेयर उमा थापामगरले जानकारी दिनुभयो । यस्तो धार्मिक स्थलहरुलाई भने आंशिकरुपमा खुल्ला गर्ने निर्णय बैठकले गरेको छ ।
ती मठ मन्दिरमा दर्शनका लागि जान दिने निर्णय बैठकले गरेको हो ।तर त्यहाँ भीडभाड लगाउन भने पाइने छैन् । त्यस्तै समुदायस्तरमा हुने संक्रमणको जोखिम कम गर्न सचेतनाका कार्यक्रमहरुलाई प्रभावकारी गराइने निर्णय भएको छ । बढी भिडभाड हुने उद्योग कारखानामा भौतिक दुरी, मास्क तथा सेनिटाइजरको प्रयोग अनिवार्य गराउने निर्णय भएको थापाले बताउनुभयो ।
Discussion about this post