बाँके मंसिर १ गते ।
भारतीय सीमा सुरक्षा बल (एसएसबी) र भारतीय प्रहरीले तीन जना नेपालीलाई २ सय ६० ग्राम ब्राउनसुगरसहित पक्राउ गरेको छ । भारतीय एसएसबी र प्रहरीको संयुक्त गस्तीले नाकाबाट ब्राउनसुगरसहित तीन जना नेपालीलाई पक्राउ गरेको हो ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ११ त्रिभुवन चोकका कल्लुको साथबाट एक सय २० ग्राम र नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ८ रानीतलाउका पवनकुमारको साथबाट ८० ग्राम ब्राउनसुगर बरामद भएको भारतीय एसएसबीले जनाएको छ ।
बर्दिया बढैयातालका रोहितचन्द्र ठकुरीको साथबाट ६० ग्राम ब्राउनसुगर बरामद भएको छ । तिनै जनाको विरुद्धमा मुद्दा दर्ता गरेर कारबाही प्रक्रिया अघि बढाएको भारतीय प्रहरीले जनाएको छ ।
Discussion about this post