बाँके मंसिर ५ गते ।
कोहलपुर नगरपालिका १० कालिकानगरका युवाहरुले देउसी भैलोबाट संकलन भएको रकम सामाजिक कार्यमा सदुपयोग गरेका छन । परम्परागत संकृतीको जगेर्ना गर्नकालागि सामाजिक दुरी कायम गरी खेलीएको देउसी भैलोबाट संकलन भएको रकम स्थानिय स्तरमै खर्च गरीएको स्थानिय युवा पप्पु शाहीले जानकारी दिए ।
शाहीका अनुसार देउसी भैलोबाट संकलन भएको २५ हजार नगद रकमबाट कालिकानगरका मुख्य दुई चोकमा फोकस लाईट र चार ठाँउमा फोहोर संकलनकालागि डष्टविन राखिएको छ । यसका साथै स्थानिय युवाहरुको सक्रयतामा कालिकानगर क्षेत्रलाई फोहोरमुक्त बनाउने अभियान समेत संचालन गरीएको शाहीले बताए ।
बुढाले स्थानिय युवाहरुले सामाजिक उत्तरदायित्व बहन गर्दै गरेको कार्य श्रहानिय भएको भन्दै खुसी ब्यक्त गरेका थिए । शुक्रबार एक कार्यक्रमका बिच स्थानिय राजनितिज्ञ तथा श्री नव दुर्गा भवानी माता मन्दीर ब्यवस्थापन समितिका अध्यक्ष रतन बहादुर बुढाले सडक बत्ति र डष्टविनको उद्घाटन गरेका छन ।
Discussion about this post