बाँके मंसिर ८ गते ।
अबैध रुपमा नेपाल भित्राउँदै गरीएको अवस्थामा ठुलो परिमाणमा विद्युतिय बल्ब बाँके प्रहरीले नियन्त्रणमा लिएको छ । शनिबार बेलुका ७ बजेको समयमा नेपालगन्ज उपमहानगरपालिका १६ जयसपुर इतराम बाबाको मन्दिर नजिकमा भारतबाट अवैध रुपमा भन्सार छलि ल्याउदै गरेको २०० वाडको ६० काटुन तीन हजार पिस साधारण विद्युतिय बल्ब नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटीएको प्रहरी टोलीले अबैध बल्बसहित नेपालगंज उपमहानगरपालिका १६ जयसपुर बस्ने १७ वर्षिय दिनेश बर्मा, सोही ठाँउका १७ वर्षिय अनिल कुमार गोडिया र मोबिन कबडियालाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका तिनै जनालाई थप अनुसन्धानकालागि जिल्ला प्रहरी कार्यालय बाँकेमा राखिएको छ ।
Discussion about this post