बाँके मंसिर १० गते ।
आज बुधबार बाँके जिल्लाबाट कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएका २३ जना निको भइ डिस्चार्ज हुँदैछन् ।
जिल्ला कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) बाँकेका अनुसार आज डिस्चार्ज हुनेमा ७ जना महिला र १६ जना पुरुष रहेका छन् । यो सँगै जिल्लाभर कोरोना जित्दै डिस्चार्ज हुनेको संख्या तीन हजार पाँच सय ८१ पुगेको छ ।
बाँकेमा हालसम्म तीन हजार सात सय ७३ जना व्यक्तिमा कोरोनाको संक्रमण पुष्टिभएको डीसीसीएमसी बाँकेले जनाएको छ । संक्रमित मध्ये ३८ जनाको मृत्यु भएको छ । बाँके र बाहिर जिल्लाका गरी अहिले दुई सय आठ जना कोरोना संक्रमित मानिस आईसोलेसनमा रहेका छन् ।
बाँकेमा कोरोनाका बिरामी निको हुने दर ९४.९१ प्रतिशत, मृत्यु दर १.०१ प्रतिशत र रोगको प्रकोप दर ०.६३ प्रतिशत रहेको छ ।
Discussion about this post