बाँके मंसिर १२ गते ।
बाँकेको बैजनाथ गाउँपालिका र कृषि बिकाश शाखाले कृषकहरुलाई च्याउँको बिउ बितरण कार्य जारी राखेको छ । यहि मंसिर ८ गतेदेखी बैजनाथ गाउँपालिका कृषि बिकास शाखाले गाउँपालिकाका ८ वटै वडाका कृषकहरुलाई जिबिको पार्जन र आयआर्जनका लागी कन्य च्याउँको बिउ बितरण कार्य गरेको छ।
मंसीर १३ गते सम्मका लागीवितरण कार्य जारी राखेको छ । बैजनाथ गाउँपालिका कृषि बिकास शाखा कृषि प्राबिधिक राम चन्द्र बानियाले सरदर १२ सय प्याकेट च्याउँको बिउ बितरण गर्ने लक्ष्य रहेको बताएका छन् । बैजनाथ गाउँपालिकाको आर्थिक सहयोगमा शाखाले कृषकहरुको आबश्यकताका आधारमा वडाको सिफिरिको लिई ५० प्रतिशत अनुदानमा च्याउँको बिउ बितरण गरीरहेको छ ।
Discussion about this post