बाँके मंसिर १२ गते ।
नेपाली काँग्रेसको नेपाल लोकतान्त्रिक खेलकुद केन्द्रीय खेलकुद विभागले आज नेपालगन्जमा आयोजना खुल्ला रक्तदान कार्यक्रम गरेको गरेको छ । विभागका प्रमुख समेत रहनुभएका काँग्रेस केन्द्रीय सदस्य मोहन बस्नेतको प्रमुख आथित्यतामा खुल्ला रक्तदान कार्यक्रम गरिएको हो ।
उक्त कार्यक्रममा ६३ जनाले रक्तदान गरेका थिए । कोरोना भाइरस महामारीमा रगत अभाव नहोस् भन्ने उद्देश्यले रक्तदान कार्यक्रम गरिएको कार्यक्रमको समन्वय गर्नुभएको क्षेत्रीय खेलकुद विकास समितिका पूर्वउपाध्यक्ष नरेन्द्र थापाले जानकारी दिनुभयो ।
कार्यक्रममा सबैभन्दा धेरै रक्तदान गर्नुभएका नेपालगन्जका गोपी बैश्यलाई सम्मान समेत गरिएको छ । कार्यक्रममा बोल्दै विभागका प्रमुख बस्नेतले संकटको बेला सधै काँग्रेस साथमा हुने बताउनुभयो । भाइरस संक्रमणका कारण रगत अभाव भइरहेका बेला काँग्रेसले देशव्यापी रक्तदान अभियान सुरु गरेको उहाँको भनाइ छ ।
Discussion about this post