बाँके मंसिर १२ गते ।
नेपालगन्ज उपमहानगरपालिका वडा नं. ८ ले समसानघाटमा सब व्यवस्थापनका लािग निशुल्क दाउरा उपलब्ध गराउने भएको छ । तर त्यसका लागि मृतकको नागरिकता अनिवार्य गरिएको छ । र, वडा कार्यालयले दिने फारम भर्नुपर्ने वडाअध्यक्ष सुरेन्द्र बैश्यले जानकारी दिनुभयो ।
समसानघाट भित्र शव व्यवस्थापन गर्नेलाई मात्र दाउरा निशुल्क दिइने छ । नगरपालिकामात्र होइन् जिल्ला र जिल्ला बाहिरका शव व्यवस्थापन गर्न समसानघाट ल्याए दाउरा निशुल्क दिइने उहाँको भनाइ छ । वडा कार्यालयको बजेटमार्फत दाउरा निशुल्क वितरण गर्न थालिएको उहाँले जानकारी दिनुभयो ।
तीन सय क्विन्टल ६ चट्टा दाउरा समसानघाटमा झारिएको छ । उक्त दाउरा भोलिबाटै वितरण गरिने पनि उहाँले बताउनुभयो । निशुल्क दाउरा वितरण गर्ने भएपछि दाउरा अभावमा मलाली गएकाहरुले सास्ती खेप्नु पर्ने अवस्थाको अव अन्त्य भएको छ ।
Discussion about this post