बाँके मंसिर १८ गते ।
कोहलपुरमा २९ औ अन्तर्राष्ट्रिय अपांगता दिबस भव्यताका साथ सम्पन्न भएको छ। कोहलपुर नगरपालिकाकी उपप्रमुख सन्जु कुमारी थारुको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । नगरपालिकाका प्रमुख लुट बहादुर रावतले ब्यानरमा हस्ताक्षर गरेर कार्यक्रमको उद्घाटन गरे ।
उक्त कार्यक्रममा नगर प्रमुख रावतले अपाङ्गता भएका व्यक्तिहरुको निमित्त कोहलपुर नगरपालिका कहिलै पछि नहट्ने बताए । त्यस्तै उप प्रमुख सन्जु कुमारी थारु, लगायत कार्यपाकिका सदस्य नारायणी वलीले अपांगता भएका व्यक्तिहरुको हक हितको बारेमा आ-आफ्न धारणा व्यक्त गरेका थिए ।
साथै बाँकेका बिभिन्न संघ संस्थाहरुले २९ औ अन्तर्राष्ट्रिय अपांगता दिबसको अबसरमा आ-आफ्ना संस्थाका संकेत झल्किने ब्यानर प्रस्तुत गरे ।
२९ औ अन्तरार्ष्ट्रिय अपांगता दिबस कोहलपुर नगरपालिकाको आयोजना र डेक नेपाल बाँके, अपांग नबजिबन केन्द्र कोहलपुर, समाज सेवा संस्था नेपाल बाँके, बाँके युनेस्को क्लब, नेपाल आपाङ्ग महिला संघ,परिलक्षित ललितपुर, नगर स्तरीय अपांगता संजाल एस.जि.सि.पि नेपाल कोहलपुर, नगर स्तरीय बाल संजाल, अपाङ्ग स्वाबलम्बन केन्द्र कोहलपुर, बाँके अपाङ्ग महिला संघ, एन.जि.एम.सि बाँकेका संघ संस्थाहरुको समन्वय र सहकार्यमा सम्पन्न भएको थियो।
Discussion about this post