बाँके मंसिर १९ गते ।
सशस्त्र प्रहरीले बाँके कोहलपुर नगरपालिका-२ बर्दहवामा एपिएफ स्कुल स्थापना गरेको छ । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले बिहीबार स्कुलको उद्घाटन गरेका छन् ।
विद्यालयमा यसै शैक्षिकसत्र देखि अनलाईन विधिबाट कक्षा ४ र ५ का विद्यार्थी छनोट गरी कुल ५८ जना विद्यार्थीहरुलाई अनलाईन कक्षा संचालन भईरहेको छ ।
महानिरीक्षक खनालले राजधानी बाहिर यस्ता बिद्यालय संचालन गरिदा सशस्त्र प्रहरी कर्मचारी एवं स्थानिय नागरिकका सन्ततीको गुणस्तरीय शिक्षादिक्षामा योगदान पुग्ने बताए । उनले प्रदेश स्तरमा विस्तार गर्नुपर्ने आवश्यकतालाई ध्यानमा राखी विद्यालय संचालनमा ल्याईएको बताए ।
उद्घाटन कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिकाका प्रमुख लुटबहादुर रावतले नेपाल एपीएफ स्कूलबाट स्थानीय सर्वसाधारण जनताका छोरीछोरी समेत लाभान्वित हुने बताए । उनले स्कूलको विकास तथा स्तरउन्नतीका लागि सदैव सहयोग रहिरहने प्रतिवद्धता ब्यक्त गरे ।
Discussion about this post