बाँके मंसिर २१ गते ।
सिक्टा सिँचाइ आयोजनाले हिउँदे सिजनको खेतीका लागि पहिलो पटक पानी उपलब्ध गराएपछि बाँकेका किसानहरु उत्साहित भएका छन्। आयोजनाले किसानको मागअनुसार पश्चिमी मुल नहरमा पाँच क्युसेक पानी चलाएपछि बाँकेको डुडुवा, कोहलपुर, नेपालगन्ज, खजुरा र बैजानाथ क्षेत्रको किसानहरुले करिब २० हजार हेक्टरमा गहुँ तथा तोरी खेतीका गरेका छन् ।
सिक्टाको मुल नहरको निर्माण कार्य सम्पन्न भए पनि मुल नहरको पानी किसानको खेतबारीमा पानी पु¥याउने शाखा र प्रशाखा निर्माण सम्पन्न भइनसकेकाले किसानहरुले नहरबाट पम्पसेट लगाएर पानी तानेर खेतबारीमा सिँचाइ गरिरहेका सिक्टा सिचाई आयोजनाका प्रमुख लोक बहादुर थापाले बताउनुभयो। मुल नहरबाट किसानको खेतसम्म पानी पु¥याउन सातवटा शाखा र ५० वटा उपशाखा गरेर करिब १०० किलोमिटर नहर निर्माणको काम भइरहेको छ।
बाँकेको करिब ३४ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पु¥याउने उद्देश्यले १४ वर्षअघि निर्माण सुरु भएको राष्ट्रिय गौरवको सिक्टा सिंचाइ आयोजनाको निर्माण कार्य २०७० को माघसम्म पूरा हुने लक्ष्य राखिएको थियो।तर, निर्माण सम्पन्न हुनु पर्ने अवधि सकिएको सात वर्ष बितिसक्दा पनि नहर निर्माणका काम भने करिब ६५ प्रतिशत मात्रै सकिएको छ। आयोजना सुरु हुँदा १२ अर्ब ७० करोड रुपैयाँको लागतमा नहर निर्माणको काम सम्पन्न गर्ने लक्ष्य राखिएका थियो।
Discussion about this post