बाँके मंसिर २२ गते ।
नेपालगन्ज उपमहानगरपालिका ६ स्थित हडिया बाबा मन्दिरमा योग तथा फलफुल बितरण गरिएको छ । बाँके आरोग्य स्वास्थ्य सचेत नागरिक योग अभियानका क्रममा नेपालगन्जको हडिया बाबा मन्दिरमा सोमबार योग तथा फलफुल बितरण गरिएको हो ।
योग समिति नेपाल बाँकेले त्यहाँ उपस्थित साधु सन्त, महन्त तथा गुरूहरूको उत्प्रेरणा लिने क्रममा योग अफियानमार्फत सोमबार फलफुल बितरण गरेको छ । कार्यक्रममा बोल्दै हडिया बाबा मन्दिरका अध्यक्ष एवं योग समितिका सल्लाहकार नन्दलाल बैश्यले निरोगी बन्नका लागि नियमित योग अभ्यास जरूरी रहेको बताउनुभयो ।
साथै योग साधु सन्तसंग जोडिएको र उहाँहरूसंग रहेको ज्ञान लिन आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा सल्लाहकारद्वय बिश्वजित तिवारी र राजन रानामगर, योग प्रचारक डिला शाह, समितिका अध्यक्ष एवं योग गुरु गिरीराज शर्मा लगायको उपस्थित रहेको उपाध्यक्ष सुमित्रा शुवेदीले जानकारी दिनुभयो । अभियानका क्रममा मन्दिरको सरसफाइ, योग अभ्यास र ३ सय जनालाई फलफूल बितरण गरिएको छ ।
Discussion about this post