बाँके मंसिर २३ गते ।
जबरजस्ती करणी मुद्दामा फरार अपराधिलाई बाँके प्रहरीले ११ वर्ष पछि पक्राउ गरेको छ । बाँके साविक लक्ष्मणपुर गाविस वडा नं १ हाल नरैनापुर गाउँपालिका २ वस्ने वर्ष ३४ का हेमन्त कुमार शर्मालाई प्रहरीले पक्राउ गरेको हो ।
शर्माले बाँके साविक काँलाफाँटा गाविस वडा नं ३ हाल नरैनापुर गाउँपालिका ३ वस्ने ७ वर्षिया बालिका लाई जरबस्ती करणी गरेको अदालतले पुष्टि गर्दै १० वर्ष कैद सजाय सुनाएको थियो । बाँके जिल्ला अदालतको मिति २०६८।०३।३१ गते उनलाई दोषी ठहर गर्दै १० वर्ष कैद सजाँय सुनाएको थियो । तर उनी फरार थिए ।
Discussion about this post