बाँके पुस ३ गते ।
स्थानीय वायुको प्रभावका कारण पहाडी क्षेत्रमा आंशिक बदली भए पनि देशका अधिकांश क्षेत्रको मौसम सामान्यतया सफा रहने छ । अहिले नेपालमा कुनै पनि उल्लेखनीय मौसमी प्रणाली छैन ।हाल नेपालको पश्चिमी तराई भूभागका अधिकांश स्थानमा बाक्लो हुस्सु–कुहिरो र वाँकी तराई भू–भागका एक–दुई स्थानमा हल्का हुस्सु–कुहिरो लागेको छ ।
शुक्रबार दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ ।देशका अधिकांश स्थानको तापक्रममा हल्का गिरावट आई चिसो बढ्न सक्ने मौसमविदले बताएका छन् ।यस्तै राति प्रदेश १, लुम्बिनी प्रदेश तथा गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।
Discussion about this post