बाँके पुस ४ गते ।
बाँके प्रहरीले ठूलो परिमाणमा प्रतिबन्धित लागु औषध ब्राउनसुगर सहित एकजनालाई पक्राउ गरेको छ । कोहलपुर नगरपालिका १२ का ३४ वर्षीय इन्द्रमणी गौतमलाई ४४ ग्राम ५ सय २० मिलिग्राम ब्राउनसुगर सहित पक्राउ गरेको बाँके प्रहरीले इमेलमार्फत जानकारी दिएको छ ।
कोहलपुरको एनटिभीरोगमा लागु औषध ब्राउन सुगरको कारोवार भइरहेको छ भन्ने सूचनाका आधारमा ब्यूरो र जिल्ला प्रहरी कार्यालय बाँकेको टोली त्यहाँ पुगेको थियो । बाँकेका एसपी ओम बहादुर रानाले गौतमललाई नियन्त्रणमा लिएर खानतलासी गर्दा उनले लगाएको पाइन्टको गोजीमा लागु औषध ब्राउनसुगर बरामद भएको जानकारी दिनुभयो । प्रहरीले यसलाई ठूलो सफलताका रुपमा लिएको छ ।
Discussion about this post