बाँके पुस ७ गते ।
नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को ओली पक्षले आफु निकटका नेताहरुलाई केन्द्रीय सदस्यमा मनोनित गरेको छ । आफ्नो पक्षका केन्द्रीय सदस्यहरुको बैठक राखेका अध्यक्ष ओलीले केन्द्रीय कमिटी विस्तार गर्नुभएको हो । बैठकले ११९९ सदस्यीय महाधिवेशन आयोजक समिति बनाएको छ । २०७८ मंसिर २ मा पार्टीको महाधिवेशन गर्ने निर्णय गरेको छ । हाल कायम रहेका ४४७ केन्द्रीय सदस्यमा ५५६ जना थप गरेका छन् भने १९६ जना थप्न बाँकी छ ।
ओली पक्षको केन्द्रीय कमिटीमा बाँकेबाट देवराज भार, नन्दलाल रोकाय, शान्ति ढकाल, दिपा शर्मा मनोनित हुनुभएको केन्द्रीय सदस्य मोहम्मद हारुनले जानकारी दिनुभयो । यसैगरी बर्दियाबाट श्याम ढकाल, दामोदर अर्याल, भिम केसी लगायत केन्द्रीय कमिटीमा मनोनित हुनुभएको छ । नेकपाका केन्द्रीय सदस्य हारुन र दिनेशचन्द्र यादव ओली पक्षमा छन् ।
Discussion about this post