बाँके पुस १२ गते ।
रोटरी क्लव अफ सेन्ट्रल नेपालगञ्जको कार्यालय शुभारम्भ गरिएको छ । रोटरी क्लव अफ सेन्ट्रल बुटवलका संस्थापक अध्यक्ष एवं रोटरी क्लव अफ सेन्ट्रल नेपालगञ्जका सल्लाहकार एजाज आलमले नेपालगञ्ज ६ फुलटेक्रा ब्रिनोज कान हस्पीटल स्थित एउटा कोठालाई कार्यालयका रुपमा उदघाटन गर्नु भएको हो ।
आलमले समुदायको मानवीय हीत, उत्थान र विकासका लागि रोटरी क्रियाशिल रहने भएकाले सेवाभावले अग्रसर हुनुपर्ने बताउनु भयो ।
शिक्षा, स्वास्थ्य र मानवीय सेवा प्रवाहका लागि सहकार्यात्मक बातावरण बनाउन जरुरी रहेको पनि उहाँले औल्याउनु भयो ।
रोटरी क्लव अफ सेन्ट्रल नेपालगञ्जका अध्यक्ष पुरण बहादुर थारुको अध्यक्षतामा भएको कार्यक्रममा रोटरी क्लव अफ सेन्ट्रल नेपालगञ्जमा आवद्ध पदाधिकारी तथा सदस्यहरुलाई आवद्धता प्रमाणपत्र पनि प्रदान गरिएको यिो । रोटरी क्लव अफ सेन्ट्रल नेपालगञ्जका सचिव जीत बहादुर थारुद्धारा सञ्चालन गरिएको कार्यक्रममा उपाध्यक्ष प्रदिप शाहले स्वागत गर्नु भएको थियो ।
Discussion about this post