बाँके पुस १२ गते ।
नेकपाको प्रचण्ड नेपाल समूहका नेता योगेश भट्राईले संसद विघटन मुलुक र पार्टीको लागि दुर्भाग्यपूर्ण भएको बताउनुभएको छ । नेकपा बाँकेको प्रचण्ड दाहाल समूहले आज नेपालगन्जमा आयोजना गरेको पार्टी प्रशिक्षण कार्यक्रमलाई सम्वोधन गर्दै उहाँले सो कुरा बताउनुभएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्र र संबिधानहित विपरित संसद विघटन गरेको आरोप लगाउनुभयो । पार्टी एकताको मर्म र भावना विपरित ओलीले देशलाई वर्वादीतर्फ धकेलेको आरोप पनि लगाउनुभयो । पार्टी एकताको बाँकी काम टुंग्याउने क्रममा रहेका बेला एउटा समूहले बखेडा झिकेर मुलुकको पार्टीको लागिमात्र होइन् मुलुककै लागि अहितपूर्ण काम गरेको आरोप लगाउनुभयो ।
न अहिले पूर्व माओवादी छ न त अहिले नेकपा एमाले छ उहाँले भन्नुभयो छ त केवल नेकपामात्र छ । उहाँले केपी ओलीको इतिहासले मूल्यांकन गर्ने बताउनुभयो । जुन चिन्हबाट जितेर प्रतिनिधिसभामा नेकपा पुगेको थियो त्यही संबिधानसभा विघटन गरेर ओलीले सुर्य चिन्ह मासेको आरोप लगाउनुभयो ।उहाँले सुर्य चिन्ह अव नेकपाकै हुने दावी गर्नुभयो ।
त्यो भनेको प्रचण्ड नेपाल समूहले नै सुर्य चिन्ह पाउने बताउनुभयो । संसद विघटन गरेर ओलीले अक्षम्य गल्ती गरेको उहाँको आरोप छ । कार्यक्रममा प्रदेश सांसद आइपी खरेल, अशोक कोइरालालगायतका नेताहरुको उपस्थिति रहेको थियो ।
Discussion about this post