बाँके पुस १४ गते ।
नेपाली कांग्रेसका केन्द्रिय सदस्य गगन थापाले अदालतको चार किल्लाभित्र न्यायको हत्या नहोस् भन्ने चिन्ता कांग्रेसको रहेको बताउनुभएको छ । नेपाल प्रेस युनियन बाँकेले आज विहान नेपालगञ्जमा गरेका पत्रकार सम्मेलनमा युवा नेता थापाले अब कांग्रेसको अपेक्षाको नजर अदालततिर रहेको बताउनुभयो ।
“अदालतले न्यायको हत्या नगरोस्, विवेक नगुमाओस्,” थापाले भन्नुभयो । संविधानमा हुँदै नभएको व्यवस्थालाई टेकेर गरिएको संसद् विघटन असंवैधानिक भएकाले पुनःस्थापनाको विकल्प नरहेको उहाँको जिकिर छ । पुनःस्थापित संसद्बाट संविधान हत्याको कुचेष्टा गर्ने राष्ट्रपतिको हिसाबकिताब गरिने पूर्वमन्त्री समेत रहनुभएका थापाको चेतावनी छ ।
संवैधानिक निकायमा भएको नियुक्ति असंवैधिानक भएकाले कांग्रेसले सार्वजनिकरुपमा अस्विकार गर्नुपर्ने थापाले बताउनुभयो । तस्बिर: अमन अन्सरी
Discussion about this post