जावेद अन्सारी
बाँके पुस २० गते ।
६ महिना १४ दिन अघि बाँके आएका एसपी ओमबहादुर रानाले अपराध नियन्त्रणमा उल्लेखनिय भूमिका निभाएको पाइएको छ । जिल्लाको शान्ति सुरक्षा व्यवस्थापन र अपराध नियन्त्रणमा महत्वपूर्ण भूमिका निभाएका कारण बाँकेमा शान्ति सुरक्षाको पाटो बलियो बनेको आम बाँकेबासीको अनुभव छ । बाँकेका एसपी रानाले कडाइ गरेपछि राजश्व संकलनमा बढोत्तरी भएको छ भने बर्सौदेखि फरार रहेका अपराधि पनि प्रक्राउ परेका छन्। यो अवधिमा करिव ५ सय फरार अपराधी पक्राउ परेका छन् ।
अदालतबाट दोषी ठहर भएका उनीहरु लामो समयदेखि फरारको सूचिमा थिए । यो अवधिमा ४ सय ७४ जना फरार अपराधि पक्राउ परेको तथ्यांक छ । फरार अपराधीबाट १२ लाख ९ हजार ८ सय ६६ रुपैयाँ राजश्व संकलन भएको एसपी रानाले जानकारी दिनुभयो । योसँगै १४ महिनाको अवधिमा ३ करोड ५४ लाखबढी राजश्व उठाउन बाँके प्रहरी सफल भएको पनि उहाँले जानकारी दिनुभयो ।
त्यस्तै तस्करहरुलाई पक्राउगरी त्योबाट १ करोड ८८ लाख ४४ हजार २ सय ९७ रुपैयाँ राजश्व उठेकोछ । टाफिक नियम उल्लंघन गर्नेबाछ १ करोड ७ लाख ४६ हजार,लकडाउनको अवधिमा मास्क प्रयोग नगर्नेबाट २ लाख १ सय ३ सय रुपैयाँ संकलन भएको बाँके एसपी रानाले बताउनुभयो। प्राकृति दोहन र जुवातास विरुद्ध पनि बाँके प्रहरी आक्रमक बन्यो ।यो अवधिमा जुवातासबाट ३३ लाख ३० हजार ४ सय ५० रुपैयाँ राजश्व उठाएको छ भने प्राकृतिक श्रोत दोहन गर्नेबाट ३ लाख ८० हजार राजश्व उठाएको छ। ४३ करोड सहकारीको रकम हिनामिना गर्नेदेखि २ करोड ५० लाख लिइ नागमणी भनि ठगी गर्ने पनि प्रहरी फन्दामा परेका छन् ।
विभिन्न अवधिमा ३४ केजी अफिम, अपहरणकार, मोष्टवाण्टेड अपराधी पनि पक्राउ परेका छन्। प्रहरीले जिल्लाको शान्ति सुरक्षा मजवुत होस् भन्ने उद्देश्यले जिल्लाका विभिन्न ठाउँमा सिसि क्यामरा जडान गरेको छ ।अहिलेसम्म ८७ वटा सिसि क्यामरा जडान भएको एसपी रानाले बताउनुभयो । चालु आर्थिक वर्षमा मात्रै ६४ वटा सिसि क्यामरा जडान भएका छन् । इप्रका धनौलीमा ४ वटा क्यामरा जडानको काम भइरहेको छ भने डुडुवा र राप्तीसोनारीमा पनि सिसि क्यामरा जडानको काम भइरहेको छ ।
प्रहरीले गुण्डागर्दी गर्नेहरुलाई पनि ठेगान लगाएको छ । १४ महिनाको अवधिमा १५ जना गुण्डागर्दी गर्नेहरु प्रहरीको फन्दामा परेका छन् । रातको समयमा होहल्ला गर्ने २ सय ४२ जनालाई पक्राउ गरि सम्झाइ बुझाइ अभिभावकको जिम्मामा छाडिएको पनि उहाँले जानकारी दिनुभयो । १५ थान हराएका र चोरी भएका मोवाइल समेत प्रहरीको संक्रियतामा फेला परेका छन् ।
बालविवाह रोकथाममा पनि प्रहरी संक्रिय बन्यो । महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रको आयोजनामा १ सय ५ वटा सचेतना मुलक कार्यक्रम तथा ४ वटा बालविवाह रोकथाम भए । र, ३३ जना भारतबाट समेत उद्दार गरिएको छ । साइवर क्राइमका १३ मुद्दा मिलापत्रमा टुंगाइएको छ ।
Discussion about this post