जावेद अन्सारी
बाँके पुस २१ गते ।
पछिल्लो राजनीतिक घटनाक्रमपछि बाँके प्रहरीले नेपाल भारत सिमामा निगरानी बढाएको छ । बिधमान राजनीतिक परिस्थितिका कारण शान्ति सुरक्षामा चुनौती थपिएको भन्दै प्रहरीले नाकामा निगारानी बढाएको हो ।
मंगलबार नेपालगन्जको जमुनाह नाकामा आफै चेकजाँचमा खटिएका बाँकेका एसपी ओम बहादुर रानाले शान्ति सुरक्षा कायम गर्ने सवालमा प्रहरी लागि परेको बताउनुभयो । तालिम प्रहरी कुकुरसहित चेकजाँचमा खटिएका एसपी रानाले अबैध हातहतियार तथा लागू औषध नियन्त्रणका लागि प्रहरी अहोरात्र खटिएको बताउनुभयो ।
`पछिल्लो राजनीतिक घटनाले सान हातहतियारको ओसारपसार हुने खतरा छ उहाँले भन्नुभयो- `त्यसलाई निस्तेज पार्न नाकामा कडाइ गरिएको छ । ´ उहाँले नेपाल भारतको बाँके खण्ड ७९ किलोमीटर खुला सिमा रहेकाले त्यसैअनुसार सुरक्षाकर्मी परिचालन गरेर शान्ति सुरक्षा कायम गरिएको बताउनुभयो ।
उहाँले दुई देशबीच खुला सिमाको फाइदा उठाउदै अपराधीहरुले अपराध गर्न सक्ने भएकाले दुबै देशका सुरक्षाकर्मिहरु मिलेर त्यसलाई निरुत्साहित पार्ने काम भैरहेको पनि बताउनुभयो । बाँकेमा खुला सिमानाका कारण लागू औषधको कारोबार तथा ओसारपसार रोकन प्रहरीलाई चुनौतीपुर्ण छ ।
Discussion about this post