बाँके पुस २१ गते ।
लोपउन्मुख तथा अति दर्लभ मानिने गिद्ध घाईते अवस्थामा आफै प्रहरी कार्यालय पुगेको छ । मंगलबार घाईते अवस्थाको एक गिद्ध आफै जिल्ला प्रहरी कार्यालय बाँके परिसरमा पुगेको हो।
बेलुका ५ बजेको आसपासमा एक गिद्ध जिल्ला प्रहरी कार्यालय बाँकेको पेरिमिटर भित्र रहेको पोखरी नजिकै घाईते अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । घाईते भई उड्न नसक्ने अवस्थामा रहेको उक्त गिद्धलाई तत्काल उद्धार गरी डिभिजन वन कार्यालय नेपालगंजलाई हस्तान्तरण गरीएको बाँकेका प्रहरी प्रमुख एसपी ओम रानाले जानकारी दिएका छन ।
शनि देवताको वाहनको रूपमा समेत पुजिने गिद्धको प्रजाती हालसम्म विश्वमा २३ र नेपाल लगायत दक्षिण एसियामा ९ प्रकारका पाईएका छन ।पछिल्लो समय गिद्द हराउदै जान थालेपछी विभिन्न संघ सस्था यसको संरक्षणमा समेत लागिपरेका छन् ।
Discussion about this post