बाँके पुस २५ गते ।
नेपालगन्जमा आजदेखी खुल्ला ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर–१३ को आयोजना तथा नेपाल लोकतान्त्रिक खेलकुद संघ र क्षेत्रीय खेलकुद बिकास समिती लुम्बिनी प्रदेश नेपालगन्जको सहआयोजनामा नेपालगन्ज रंगशालास्थित कबर्ड हलमा प्रतियोगिता सुरु भएको हो ।
प्रतियोगिताको वडाअध्यक्ष वीरेन्द्र बहादुर शाह र संघका केन्द्रिय सदस्य नरेन्द्र थापाले प्रशिक्षक जयन्त कुमार श्रेष्ठलाई खेल सामग्री हस्तान्तरण गरेर उदघाटन गर्नु भएको छ। प्रतियोगिता भोलिसम्म चल्ने समितिका संयोजक श्रेष्ठले जानकारी दिनुभयो । श्रेष्ठका अनुसार प्रतियोगितामा मेन्स डबल्स, मेन्स सिंगल्स, गल्र्स सिंगल्स लगायतका ईभेन्ट समावेश गरिएको छ ।
मेन्स डबल्समा नगद पुरस्कार राखिएको छ भने अन्यमा पदक, कप र प्रमाणपत्र दिईने आयोजकले जनाएको छ । डबल्समा प्रथम हुनेले नगद १० हजार, दोस्रोले ६ हजार तथा तेस्रोले ३ हजारसहित पदक र प्रमाणपत्र पाउने छन । संयोजक श्रेष्ठले डबल्समा १ हजार र अन्यमा ३ सय रुपैया प्रवेश शुल्क राखिएको समेत जानकारी दिनुभयो ।
प्रतियोगितामा राष्ट्रिय खेलाडी सम्मिलित पुरुष एकलमा पनि प्रतिस्पर्धा हुने संयोजक श्रेष्ठले बताउनुभयो । मेन्स डब्ल्समा ४० टीमको सहभागीता छ । त्यसैगरी मेन्स सिङ्ग्ल्समा १६ जना, गल्स सिन्ङ्ग्ल्समा १२ जना सहभागी छन ।
Discussion about this post