बाँके माघ ३ गते ।
कोरोना भाइरसकोबाट संक्रमित भइ विश्वभर मृत्यु हुनेको संख्या २० लाख नाघेको छ ।जोन्स हप्किन्स विश्वविद्यालयको कोरोना भाइरस स्रोत केन्द्रका अनुसार विश्वभर अहिलेसम्म कोभिड–१९ का कारण २० लाख ६ हजार पाँच सय भन्दा धेरैको ज्यान गएको छ । विश्वभर संक्रमितको संख्या ९ करोड ३७ लाख ५१ हजार पाँच सय पुगेको छ ।
महामारीबाट सबैभन्दा बढि प्रभावित भएको अमेरिकामा संक्रमितको संख्या दुई करोड ३४ लाख ९१ हजार भन्दा धेरै पुग्दा तीन लाख ९१ हजार पाँच सय भन्दा बढि अमेरिकीको कोभिड–१९ बाट ज्यान गएको छ । भारतमा संक्रमितको संख्या एक करोड पाँच लाख २७ हजार भन्दा बढि र मृत्यु हुनेको संख्या एक लाख ५१ हजार ९ सय भन्दा धेरै छ ।
कोभिड–१९ बाट ब्राजिलमा दुई लाख ८ हजार, रुसमा ६३ हजार पाँच सय, बेलायतमा ८७ हजार चार सय, फ्रान्समा ७० हजार, टर्कीमा २३ हजार ६ सय, इटालीमा ८१ हजार तीन सय, स्पेनमा ५३ हजार तीन सय, जर्मनीमा ४५ हजार सात सय, कोलम्बियामा ४७ हजार ८ सय, अर्जेन्टिनामा ४५ हजार दुई सय, मेक्सिकोमा एक लाख ३७ हजार ९ सय तथा पोल्याण्डमा ३२ हजार ८ सय भन्दा धेरैको ज्यान गएको छ ।
Discussion about this post