अमन अन्सारी
बाँके माघ ३ गते ।
सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र नेपालगञ्जकाे आठाै साधारणा सभा तथा अधिवेशनबाट दिपेन्द्र कुमार जाेशीकाे अध्यक्षतामा नयाँ कार्य समिति चयन भएकाे छ ।
नेतृत्व चयनभन्दा अघि नेपालगञ्ज उपमहानगरपालिकाका मेयर धवल शम्सेर राणाकाे प्रमुख अतिथि तथा शशी स्वाँरकाे अध्यक्षतामा आठाै साभारण सभा भएकाे थियाे । साधारणा सभाकाे शुभकामना सन्देशमा संस्थापक अध्यक्ष अच्युतप्रसाद प्रसाईले बाँकेमा सामाजिक कार्यकाे सम्पूर्ण संघ संस्थाले एकद्वार प्रणालीले कार्य गरेमा समाजलाई छिटाे परिवर्तन गर्न सकिने कुरा बताउनु भएकाे छ ।
साधारण सभामा संस्थापक अध्यक्ष तथा पूर्व अध्यक्षहरुलाई सम्मान गरिएकाे थियाे ।
आज सम्पन्न आठाैं साधारण सभा र अधिवेशनबाट दिपेन्द्र कुमार जाेशी निर्विराेध निर्वाचित भएका छन् । जाेशी नेतृत्वकाे कार्यसमितिमा उपाध्यक्ष सञ्जय थापा, काेषाध्यक्षमा श्याम शर्मा, सचिवमा विवेक श्रेष्ठ तथा सहसचिवमा माया गुरुङ पनि निर्विराेध निर्वाचित भएका छन् । १९ सदस्यीय कार्य समितिमा २ जना महिला सहित १४ जना सदस्य निर्विराेध चयन भएकाे कुरा निर्वाचन अधिकृत अधिवक्ता मेहर सिंह खत्रीले बताएका छन् । सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्रकाे कार्यकाल २ वर्षकाे रह्ने गरेकाे छ ।
Discussion about this post