खोजखबर संवाददाता
बाँके भदौ २४ गते । आफ्नो वडाको विकास र समस्याका बारेमा बारेमा स्थानीयि जनता र जनप्रतिनिधिविच प्रत्यक्ष संवाद र छलफल हुन थालेको छ । त्यस्ता कार्यक्रममा स्थानीय जनताको उल्लेख्य सहभागिता हुने गरेको पाईएको छ । ससोही क्रममा नेपालगन्ज उपमहानगरपालिका वडा नं। १ का सरोकारवालाहरुबिच वडाको विकासको वारेमा छलफल आयोजना गरिएको छ ।
अमेरिकी दुताबासको सहयोगमा एकाउण्टबिलिटि ल्याव र बासद्वारा सञ्चालित जवाफदेहिताका लागि आर्थिक पारदर्शिता परियोजना अन्र्तगत जनताको आगनमा जनप्रतिनिधि कार्यक्रममा गत गत आ।व।मा वडाले गरेको विकासको वारेमा छलफल गरिएको हो ।
वडानम्वर १ का सदस्यहरु राजरानी पासि र सरस्वती महतको बिशेष उपस्थितिमा सम्पन्न भएको उक्त कार्यक्रममा वडावासी र प्रतिनिधि विच बिभिन्न विषयमा छलफल भएको थियो । कार्यक्रमका सिएफए छबिलाल सुनारले सहजिकरण गरेको कार्यक्रममा सूचनाको हक, सुशासनका लगाएतको बिषयमा समेत छलफल गरिएको थियो ।
त्यस्तै, रुपन्देहिको कोटहिमाई गाउँपालिका वडा नम्वर ६ को हल्दिमा प्रहरी नागरिक बीच अन्तर सम्बाद कार्यक्रम सम्पन्न सोमवार सम्पन्न भएको छ । युएनडिपिको सहयोगमा बासद्वारा सञ्चालितदिगो बिकास तथा सामाजिक सद्भावका लागि नागरिक साझेदारी परियोजना अन्र्तत सो कार्यक्रम सम्पन्न भएको हो ।
Discussion about this post