बाँके माघ १३ गते ।
कोहलपुर इलाका प्रहरी कार्यालयले दुई मुखे सर्प नियन्त्रणमा लिएको छ । बिशेष सुचनाका अधारमा नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २० राझा स्थित दुईमुखे सर्प नियन्त्रणमा राखि किनबेच हुन लागेको खबरका आधारमा कोहलपुर इलाका प्रहरी कार्यालयबाट खटिएको टोलीले सर्प र एक ब्यक्तिलाई नियन्त्रणमा लिईएको हो ।
दुईमुखे सर्पको मुल्य करिब १५ करोडमा कारोबार हुन लागेको भन्ने खबर पाए पश्चात प्रहरी टोली पुगेको र प्रहरीले सर्प र उपमहानगरपालिका वडा नम्बर २० बस्ने सुनिल बर्मालाइ मात्र नियन्त्रणमा लिन सफल भएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायब उपरिक्षक रविन्द्र खनालले बताउनुभयो । थप अनुसन्धानका लागि उक्त ब्यक्ति र सर्पलाई जिल्ला प्रहरी कार्यालय बाँकेमा पठाइएको जानकारी दिनुभयो ।
यस्तै आज मंगलबार संरक्षित माछाका ८ हजार भुरा नियन्त्रणमा लिईएको समेत बताउनुभयो । माछासंगै तिन जना ब्यक्तिलाई नियन्त्रणमा लिएको प्रमुख खनालले बताउनुभयो ।
Discussion about this post