बाँके माघ १६ गते ।
सौन्दर्यकर्मीहरुका लागि नेपालगञ्जमा एक हप्ते हेयर एण्ड मेकअप पुनर्ताजगी तालिम सञ्चालनमा ल्याइएको छ । न्यूरोडस्थित गुड न्यू आइटीसी पार्लर एण्ड ट्रेनिङ्ग सेन्टरले व्यूटीसीयनहरुलाई अपग्रेड गर्ने उद्येस्यले सञ्चालित तालिममा २० जनाको सहभागीता रहेको छ ।
रसीयन हेयर एक्सपोर्ट रायन राईले रसीयन हेयर स्टाइल र मेकअपका विभिन्न विधामा प्रशिक्षण दिनु हुनेछ । रसीया, ब्राजिल, दुवइबाट प्रशिक्षत राइले हेयरमा केमीकल प्रयोगका बारे पनि जानकारी दिनु हुने गुड न्यू आइटीसी पार्लर एण्ड टे«निङ्ग सेन्टरकी सञ्चालीका गीता भण्डारीले जानकारी दिनु भयो । सेन्टरले यस अघि मेहन्दी एवं नेल कट लगायतका तालिम प्रदान गर्दै आएको छ ।
Discussion about this post