बाँके माघ २० गते ।
किसानले सरकारले निर्धारण गरेको मुल्यमा धान विक्रि गर्नबाट बञ्चित भएका छन् । खाद्य ब्यवसाय तथा ब्यापार कम्पनी लि. (खाद्य संस्थान), मुख्य कार्यालय नेपालगन्जले सरकारले दिएको कोटो सकिएको भन्दै धान खरिद नगरेपछि बाँकेका किसान सरकारले निर्धारण गरेको मुल्यमा धान विक्रि गर्न नपाएका हुन् ।
धान विक्रिका लागि दुई हप्ता धाउँदा समेत कम्पनीसँग धान विक्रि गर्न नपाएको नेपालगन्ज उपमहानगरपालिका–१३ उदयपुरका प्रदीप मिश्राले गुनासो गरे । उनले टोकनका लागि लाइनमा बस्दा समेत नपाएको बताए । ब्यापारीसँग मिलेर कम्पनीका कर्मचारीले टोकन वितरण गरेको उनको आरोप छ । कम्पनीका कर्मचारी र ब्यापारी मिलेका कारण दुई हप्ता धाउँदासमेत टोकन पाउन सकिएन । टोकन नपाएपछि धान विक्रि गर्ने प्रयास असफल भएको छ,’ उनले भने ।
उनी जस्तै जानकी गाउँपालिका–६, गनापुरका रामनरेश यादवको प्रयास पनि असफल भएको छ । उनले पनि सरकारले निर्धारण गरेको मुल्यमा धान विक्रि गर्नका लागि एक हप्ता धाए । लामो लाइनमा बसे । टोकनका लागि हारगुहार गरे । तर, केहि सीप चलेन । सरकारले निर्धारण गरेको कोटो सकिएको भन्दै कम्पनीले उनलाई फिर्ता पठाई दियो ।
धान खरिदका लागि सरकारले दिएको कोटा सकिएको भन्दै कम्पनीका कर्मचारीले जवरजस्ती कम्पाउण्डबाट बाहिर निकाले । सरकारले कोटा निर्धारण गरेकै कारण सरकारी मुल्यमा धान विक्रि गर्न पाइएन,’ उनले भने ।
बाँकेमा अझैँ एक हजार क्विन्टल धान विक्रिका लागि किसानसँग रहेको अनुमान गरिएको छ ।
मुल्य पाउने आशामा किसानले धान विक्रि नगरेकोले अझैँ एक हजार क्विन्टल धान मौज्दात रहेको खाद्य कम्पनीका नेपालगन्ज प्रमुख रामबहादुर विष्टले बताए । धान खरिदका लागि थप कोटा आउने हो भने अझैँ एक हजार क्विन्टल धान विक्रिका लागि आउने निश्चित छ,’ उनले भने
Discussion about this post