ताहिर शेषराई (साहिल)
बाँके माघ २६ गते ।
बाँकेको जानकी गाउँपालिका शिक्षा शाखाको आयोजनामा विद्यालयहरुलाई स्वास्थ्य सामाग्री वितरण गरेको छ । सोमबार कार्यक्रमको आयोजना गरि स्वास्थ्य सामाग्री बितरण गरेको हो ।
गाँउपालिका प्रमुख रामनिवास यादव र उपप्रमुख भुमिसरा धितालले गाउँपालिका भित्र रहेका २४ वटा सामुदायिक विद्यालय १५ वटा मदरसा ८ वटा संस्थागत विद्यालय र समुदायमा रहेका १८ वटा बालबिकास गरि जम्मा ५७ वटा विद्यालयलाई स्वास्थ्य सामाग्री बितरण गरेको हो ।
सो अध्यक्षसँग बालबालिका कार्यक्रम शिर्षकबाट ३ लाख २३ हजार बराबरको स्वास्थ्य सामाग्री टुटि भएको बाल्टिन, थर्मलगन, माक्स, सेनिटाइजर तथा हाथ धुने साबुन प्रत्येक विद्यालयलाई बितरण गरेको शिक्षा शाखा अधिकृत प्रतिभा ओलि खडकाले जानकारी दिनु भयो ।
सोहि कार्यक्रममा सामुदायिक विद्यालय तथा मदरसा गरि करीब ५० वटा विद्यालयका प्रधानाध्यापकहरु सहभागी रहेका थिए भने कार्यक्रमको समापन गाँउपालिका प्रमुखले गर्नु भएको थियो । बालबालिकालाई विद्यालय पहँचमा सहज गराउनका लागि स्थानीय सरकारले दिवा खाजाको व्यवस्था शुरु गर्न लागेको छ ।
Discussion about this post