बाँके माघ २८ गते ।
अन्तर पार्टी महिला संजाल बाँकेले बैतडीमा बालिका हत्याको विरोध गर्दै दोषीमाथि कारवाहीको माग गरेको छ । दोगडाकेदार गाउँपालिका– ७ की १७ वर्षीया किशोरी भागिरथी भट्टको हत्याको अनुसन्धानमा लापरबाही नगर्न संजालले सरकारलाई चेतावनी दिएको छ । संजालले विज्ञप्तिमार्फत घटनाको घोर निन्दा र भत्र्सना गर्दै घटनाको निष्पक्ष छानबिन गरी अपराधीलाई हदैसम्मको सजाय गर्न सरकारसँग माग गरेको छ । उक्त विज्ञप्ती जिल्ला प्रशासनलाई बुझाइएको अध्यक्ष अम्बिका काफ्लले बताउनुभयो ।
‘महिलामाथि हुने गरेका अनवरत हिंसाका शृंखलाले सिंगो राष्ट्र र समाज आतंकित छ, अढाई वर्ष पहिले कञ्चनपुरमा बीभत्स बलात्कार र हत्याको सिकार भएकी बालिका निर्मला पन्तको हत्यारालाई सरकारले अहिलेसम्म पनि कानुनी कठघरामा उभ्याउन सकेको छैन,’ अध्यक्ष काफ्लले भन्नुभयो, ‘भागरथी हत्याको घटनाको अनुसन्धानमा लापरबाही नहोस् ।’
विद्यालयबाट घर फर्किने क्रममा २१ माघमा बैतडीको दोगडाकेदार गाउँपालिकाको सनातन धर्म उमाविकी छात्रा भागरथी भट्टको बलात्कारपछि हत्या भएको थियो । संजालले घटनाको सत्यतथ्य पत्ता लगाई पीडितलाई न्याय दिलाउन र परिवारलाई उचित क्षतिपूर्तिको व्यवस्था गर्न माग गरेको छ ।
Discussion about this post