बाँके फागुन १ गते ।
स्वास्थ्य कार्यालय बाँकेद्वारा जनचेतनामोलक कार्यक्रम गरि अन्तर्राष्ट्रिय कण्डम दिवस मनाइएको छ । फेब्रुअरी १३ मा पर्ने कण्डम दिवसको अवसरमा बाँकेको नेपालगन्ज उपमहानगरपालिका बसपार्क स्थित निशुल्क कण्डम वितरण गरि जनचेतना मुकल कार्यक्रम गरिएको हो ।
ए एच एफ नेपालका प्रोग्राम कोर्डिनेटर सञ्जय कुमार पौडेलले उक्त कार्यक्रममा आम नागरिकलाई कण्डम प्रयोग गर्न सुझाउ दिनु भएको थियो । उहाँको अनुसार सुरक्षीत योन सम्पर्कको लागी कण्डम प्रयोग गर्न अत्यन्त जरुरी रहेकोले आमनागरिकले कण्डम प्रयोग गर्नु पर्छ । कण्डम प्रयोग गर्दा एच आइ भि, एड्स, लगायतको गम्भीर रोगहरुबाट बच्न सकिन्छ । कण्डम शब्द सुन्ने बित्तिकै मान्छेले लज्जित भएको ब्यवहार देखाउने गरे तपनि कण्डम समाजको लागी धेरै अवश्यक सामाग्री रहेको बताउनु भयो ।
भेरी अञ्चल अस्पताल र स्वस्थ कार्यालय बाँकेले चलाएको पाँचदिने अभियानमा विद्यालयहरुमा अन्तरक्रिया कार्यक्रम , जनचेतनामुलक कार्यक्रम गरिएको छ भने आउँदै गरेको भ्यालेटाइन डेलाई ध्यानमा राखी कण्डम दिवसमा निशुल्क कन्डम वितरण कार्यक्रम समेत गरिएको छ । उक्त कार्यक्रममा रिकभरिङ नेपाल ,ए एच एफ नेपाल , एन सार्क, नेसनल एसोसिएसन अफ पि एल डब्लू नेपाल, एच ए एन डि सि,डब्लू एसेन,जे एम एस नेपाल युवा क्लब लगायतको सहकार्य रहेको थियो ।
Discussion about this post