बाँके फागुन ११ गते ।
संसद पुनःस्थापना भएको खुसीयालीमा जसपा बाँकेले दिप प्रज्वलन गरेको छ । नेपालगञ्जको बिपि चोकमा जसपा बाँकेले दिपप्रज्वलन सहित २१ किलो लड्डु बाँडेर खुसियाली मनाएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन बदर हुने फैसला सुनाए संगै बाँकेका विभिन्न स्थानमा दिप प्रज्वलन गरेर खुसियाली मनाउनेक्रममा जसपाले विपी चोकमा दिप प्रज्ज्वलन सहित २१ किलो लड्डु बाडेको जसपा बाँकेका अध्यक्ष कमरुद्धिन राइले जानकारी दिनुभयो ।
यस्तै प्रचण्ड नेपाल समूहले पनि ठाउँठाउँमा संसद पुनःस्थापना भएको खुसीयालीमा दिपप्रज्वलन गरेको छ । सर्वोच्चको फैसला संगै देशको विभिन्न शहर संगै बाँकेको खजुरा एक नम्बरमा दिपावली गरेर खुसियाली मनाएको हो । बाँकेको नेपालगन्ज , खजुरा , कोहलपुर र बैजनाथ समेतमा अदालतको फैसला संगै खुसियाली मनाएका छन् ।
Discussion about this post